चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, ३ जना घाइते
काठमाडौं, १५ असार
देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरु सबैको मंगलबार मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–२ बरेवा बस्ने ४५ वर्षीय एक पुरुषको घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ ।
नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१० लक्ष्मीपुरामा खेल रोप्ने क्रममा ६० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर वेहोश भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
कागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया एक महिलाको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुर बस्ने ७ वर्षीय एक बालकको घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय एक पुरुषको खेतमा आली लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँका ४२ वर्षीय एक पुरुषको गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया एक महिलाको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिका–३ मा चट्याङ लागेर दुई जना पुरुष घाइते भएका छन् । यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने १३ वर्षीया बालिकाको घरको आगानमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस