• जीवनशैली | Jiwanshaili
  • देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा पानी पर्ने


    २०७९ असार १७ गते शुक्रबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आँशिक बदलीको अवस्था छ।

    शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस