पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ
खोटाङ, १७ असार
खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो ।
घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।
अभियुक्तले आफ्नै घरमा खेलीरहेकी नाबालिकालाई दिउँसो ३ बजे ललाइफकाई बाख्रा खोरमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी आमाले देखेपछि आरोपित फरार भएका थिए । उनलाई इलका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा राति २ बजे नियन्त्रणमा लिएको हो ।
अभियुक्तविरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर निगरानी कक्षमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक रोमनराज अर्यालले जानकारी दिए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस