भाइबर साइमनलाई नेपहपको श्रीपेचको उपाधि
काठमाडौं, १९ असार
नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई प्रतिष्पर्धी थिए ।
उपाधि विजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको विमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका पाएका छ ।
दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।
भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शोबाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।
शोको निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए । साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।
क्याटेगोरी : कला शैली, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस