• जीवनशैली | Jiwanshaili
  • सिभिल बैङ्कको ९९औँ एटिएम पोखराको लेकसाईडमा 


    सिभिल बैङ्कले पोखराको लेकसाईडमा नयाँ एटिएम बुथ सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमका बीच बैङ्कका अध्यक्ष प्रताप जङ्ग पाण्डेले उक्त एटिएमको समुद्घाटन गरेको बैङ्कले विज्ञप्ति जारी गरेको छ ।

    उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैङ्कका सञ्चालक समितिका सदस्यहरू अम्वीर बोगटी, भिमानन्द ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैङ्कका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको बताएको छ ।

    समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेका हालसम्म रु। ९२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिब रु। ८८ अर्ब कर्जा लगानी गरीसकेकोे सिभिल बैङ्कको यस एटिएमसहित एटिएम सङ्ख्या ९९ पुगेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस