• जीवनशैली | Jiwanshaili
  • देशभर मनसुनी वायुको प्रभावः यी स्थानहरूमा चट्याङ्ग सहित पानी पर्ने


    २०७९ असार २५ गते (शनिबार) हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेश थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेकाे छ।

    देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

    शनिबार दिउँसो देशका पहाडी भू-भागमा सामान्य देखी पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    शनिबार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस