• जीवनशैली | Jiwanshaili
  • देशभर मनसुनी वायुको प्रभाव, कुन कुन स्थानमा पानी पर्ला?


    २०७९ असार २६ गते (आइतबार) हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस