• जीवनशैली | Jiwanshaili
  • देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने


    २०७९ असार ३१ गते (शुक्रबार)  हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा  र हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ 

    रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा  रहनेछ । प्रदेश १मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ 


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस