• जीवनशैली | Jiwanshaili
  • शनिवार देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने


    २०७९ असार ३२ गते (शनिवार) हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिक देखि सामान्यता बदली रहि ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    शनिवार दिउँसो:  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    शनिवार राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ। प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस