• जीवनशैली | Jiwanshaili
  •  देशभर मनसुनी वायुको प्रभाव,यी स्थानमा भारी वर्षा हुने


    २०७९ साउन १ गते (आइतबार) हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    हाल प्रदेश १ लगातयत बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आइतबार दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आइतबार राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस