आचार्य फ्लप भएपछि पैसा फिर्ता
एजेन्सी
काठमाडौं, २ साउन
बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् ।
तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि त्यसको भागिदार आफू पनि हुने अनुभव लिँदै पारिश्रमिक पनि फिर्ता दिन पछि पर्दैनन् ।
गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन् । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् ।
यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबैजना ढुक्क थिए । तर वास्तविकता ठीक विपरित भइदियो । फिल्मले बक्सअफिसमा टिक्न सकेन ।
जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो । फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरुले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैं व्यहोर्ने सहमति गरेका थिए ।
फिल्म असफल भएपछि वितरकहरु निर्माता तथा निर्देशकको शरणमा पुगे । उनीहरुले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देश्क कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरुले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए ।
क्याटेगोरी : ताजा अपडेट, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस