• जीवनशैली | Jiwanshaili
  • कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु


    धनगढी, २ असार

    कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस