• जीवनशैली | Jiwanshaili
  • मंगलवारकाे माैसमः यी स्थानमा भारी वर्षा हुने


    २०७९ साउन ३ गते (मंगलवार) हाल मनसुनको न्युन चापिय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान (normal position)  आसपास अवस्थित रहेको छ।

    हाल प्रदेश नं १ को तराई भुभाग लगायत मधेस प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ र देशका बाँकी भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    मंगलवार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मंगलवार राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस