• जीवनशैली | Jiwanshaili
  • बुधवारकाे माैसम कस्ताे रहला?


    २०७९ साउन ४ गते (बुधवार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) नेपालको पूर्वी भू-भागमा सरदर (normal position)  स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदर (normal position) को आसपास अवस्थित रहेको छ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मधेश   र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै अन्य स्थानका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित  हल्का वर्षा भइरहेको छ।

    बुधवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

    बुधवार राती  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस