सहरका डिजिटल स्क्रिनमा ‘म’ ट्रेलर
आमदर्शकसम्म फिल्मको प्रचारप्रसार गर्न फिल्म ‘म’ ले दर्शकमाझ ट्रेलर देखाउने अभियान सुरु गरेको छ । जसका लागि काठमाडौंका मुख्य चोकमा व्यावसायिक प्रयोजनका लागि राखिएका ठूला डिजिटल स्क्रिनमा ट्रेलर नियमित रुपमा प्रसारण गरिरहेको छ ।
फिल्मको ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका स्क्रिनमा प्रसारण भइरहेको हो ।
निर्देशक सूवर्ण थापाले काठमाडौंका मुख्य चोकमा दैनिक लाखौं यात्रु जाममा पर्नुपर्ने बाध्यता भइरहँदा त्यो जामको समयमा फिल्मको ट्रेलर हेर्न सकुन् भनेर डिजिटल स्क्रिनमा ट्रेलर देखाइन थालिएको बताए ।
‘हलसम्म नजाने र युट्युबमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने भएकाले यो मार्केटिङ रणनीति अपनाइएको हो’, उनले भने । साउन २० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारप्रसारको शैलीलाई डिजिटल बनाएको छ ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्मका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सबिन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सञ्जोग रसाइली र पुनम श्रेष्ठको अभिनय छ ।
क्याटेगोरी : कला शैली, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस