• जीवनशैली | Jiwanshaili
  • दाङमा साढे ३ वर्षीया बालिका बलात्कृत


    दाङमा साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन्।  जिल्लाको बबई गाउँपालिका-४ खयरभट्टीस्थित मामाघर आएकी साढे तीन वर्षिया बालिकालाई स्थानीय १४ वर्षीया किशोरले बलात्कार गरेकाे प्रहरीले बताएकाे छ ।  शनिबार  दिउँसो बालात्कार  गरेपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट खसालिदिएकाे बताएकाे छ । ४५  मिटर तल खसकी बालिकाको टाउकोमा चोटसमेत लागेको छ।

    पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस