• जीवनशैली | Jiwanshaili
  • रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो


    काठमाडौं, १० साउन
    रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ ।

    सोमबार राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस