करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं, ११ साउन
काठमाडौं र नुवाकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ धनगाँउस्थित नयाँ बन्दै गरेको घरमा काठको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली घर भएका ४० वर्षीय तुल बहादुर तामाङ रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातोमाटेस्थित श्री हिरा टेक्सटाईल कपडा फ्याक्ट्रीमा ट्रर्स पाईप वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भएका २३ वर्षीय राज तामाङ छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस