• जीवनशैली | Jiwanshaili
  • विभिन्न स्थानमा डुबेर तीन जनाको गयो ज्यान


    काठमाडौं, ११ साउन

    नुवाकोट, दैलेख र बर्दियामा डुबेर तीन जनाको मृत्यु भएको छ ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ बस्ने सोही वडाकी वडा सदस्य ५५ वर्षीया सुकुमै तामाङको डुबेर मृत्यु भएको छ ।

    सोही नगरपालिका–१० द्वारिका टहरेस्थित बेलकोट खोलाले बगाउँदा मंगलबार दिउँसो उनको मृत्यु भएको हो ।

    खोला तर्ने क्रममा बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलबाट एक किलोमिटर टाढा शव फेला परेको थियो ।

    दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ मटेला बस्ने ३० वर्षीय कृत बहादुर शाहीको खोलाले बगाइ मंगलबार दिउँसो मृत्यु भएको छ ।

    प्रहरी चौकी ठाटिकाधँ, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिन्द्रासैनी नगरपालिका–८ स्थित खोलाको छेउमा उनको शव फेला पारेको हो ।

    बर्दियाको बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ११ वर्षीय गणेश कामीको सोही ठाउँस्थित कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय बनियाभार र प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस