• जीवनशैली | Jiwanshaili
  • उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण


    काठमाडौं, १३ साउन

    यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

    पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

    उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।

    पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस