• जीवनशैली | Jiwanshaili
  • धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु


    कैलाली, १३ साउन

    कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा हिजो बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ बर्षीय विरेन्द्र शर्मा र पछाडी सवार सोही उपमहानगरपालिका–१ बस्ने अन्दाजी ५५ बर्षीय निर्मल हमाल घाइते भएका थिए ।

    दुवै घाइतेलाई उपचारको लागी धनगढी स्थित मायामेट्रो अस्पताल पठाइएकोमा उपचारकै क्रममा हमालको मृत्यु भएको हो ।

    शवलाई पोष्टमार्टको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । घाइते भएका चालकको अवस्था सु्धारोन्मुख रहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस