बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ
File photo
बैतडी, १३ साउन
आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस