अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं, १३ साउन
झापा र कञ्चनपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पुरानो मेचीपुल अगाडि बाटोबाट ७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू र उनकै भाइ २३ वर्षीय बुद्धबीर लिम्बु रहेका छन् ।
इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ मसानघाटबाट ९ ग्राम ११ मिलिग्राम खैरो हेरोइनसहित शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय राकेश रावललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश ०३–०२४ प ५१८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस