• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा शनिवार भारी वर्षा हुने


    २०७९ श्रावण १४ गते (शनिबार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position)  को  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो :  देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस