• जीवनशैली | Jiwanshaili
  • सुनको मुल्य बढ्याे, हेर्नुहाेस् कति पुग्याे?


    साताको पहिलाे दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस