मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते
मुगु, १५ साउन
मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो ।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस