• जीवनशैली | Jiwanshaili
  • हिमालय एअरलाइन्स्द्वारा सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक


     

    काठमाडौँ, श्रावण १८ २०७९
    हिमालय एयरलाइन्सले आफ्नो  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूको  प्रतिवेदन सार्वजनिक गरेको छ  । बुधवार काठमाडौँ आयोजित एक कार्यक्रमका बीच सन् २०२०–२०२१ अवधिभर गरिएका  विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यको विवरण सार्वजनिक गरेको हो । यस अवधिमा   हिमालय एयरलाइन्सले नेपाल सरकारसँगको सहकार्यमा  भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५  लाख रूपैँया बराबरको चार वटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको बताएको छ ।

    यसै गरी  आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत  “प्रयास नेपाल”लाई विगत ५ वर्ष देखि सहयोग गर्दै आएको समेत बताएको छ ।   बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो  “शिक्षातर्फका पाइलाहरू” कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि शैक्षिक सहयोग समेत गरेको बताएको छ ।
    आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान दिने लक्ष्य राखेको  हिमालय एअरलाइन्स्ले  स्थापनाको प्रारम्भिक वर्षदेखि नै सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा सञ्चालन गर्दै आएको बताएको छ ।

    सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको बुद्धिलाई टेवा पुर्याउने कार्यमा मद्दत गर्न  सधैँ उत्सुक रहेको हिमालय एयरलाइन्सका  ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दलीले बताइन् ।

    कोरोना सङ्क्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे दलीले भनिन् । यी चुनौतीपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यावसायिक मर्यादालाई पालना गर्दै  समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रहेको उनले बताइन् ।

     

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस