• जीवनशैली | Jiwanshaili
  • तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत


    तेह्रथुम, २० साउन

    तह्रथुममा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस