म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय
अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पु¥याउने कार्य गरेको आरोप लगाइएको छ ।
उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।
दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ ।
सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।
वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पु¥याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस