• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे


    साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५ सयले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस