गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मी, २२ साउन
गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् ।
अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालक ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस