• जीवनशैली | Jiwanshaili
  • करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु


    नेपालगन्ज, २२ साउन

    कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस