• जीवनशैली | Jiwanshaili
  • सल्यानमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ


    सल्यान, २५ साउन

    बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही नगरपालिका–५ गोठीवन बस्ने ३९ वर्षीय लिलमान भण्डारी लगायत ४ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस