• जीवनशैली | Jiwanshaili
  • बझाङमा एकै परिवारका ३ जना मृत फेला


    बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत तीनै जना आमा, छोरा र छोरी भएकाे प्रहरीले जनाएकाे छ।२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा मृत्त भेटिएको वडा नम्बर-९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिएका छन् ।मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गए राति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस