आजबाट सुपर डान्सर नेपाल
काठमाडौं, २६ साउन
एडी रिलिजको आयोजनमा आज बिहीबारबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदै छ । यो डान्स रियालिटी शो बिहीबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो ।
यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन् । कार्यक्रमको होस्टमा कविता नेपाली र विल्सनविक्रम राई छन् । शोको निर्देशक भुषण दाहाल हुन् ।
शोका लागि काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन र नेपाल बाहिर नेपाली भाषीको बाहुल्यता भएको स्थानमा डिजिटल अडिसन गरिएको थियो ।
क्याटेगोरी : कला शैली, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस