• जीवनशैली | Jiwanshaili
  • शुक्रवार सुनको मूल्य बढ्याे


    नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस