हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको शो
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्याे । दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैंयाँको मात्र कलेक्सन गर्न सक्यो । यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन् । यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका लागि आफ्नो रणनीतिमा परिवर्तन गरेका छन् ।
समाचारअनुसार बक्सअफिसमा दुवै फिल्मले खराब व्यापार गरेपछि हल मालिकहरुले दुवै फिल्मको शो इच्छाअनुसार कम गर्ने निर्णय लिएका छन् । अक्षय र आमिर दुवैको फिल्म भारतका करिब १० हजार पर्दामा रिलिज गरिएको थियो ।
तर, केही स्थानमा पहिलो दिन फिल्म हेर्नकै लागि अधिकतम १० देखि १२ जनामात्र दर्शक आएका थिए । जसकारण हलका मालिकले ओवरहेडलाई बचाउन र सीमित शोमा अकुपेन्सी बढाउनका लागि दोस्रो दिन फिल्मको शो कम गर्ने निर्णय लिए ।
हाल भारतभर आमिरको फिल्मलाई १३ सय शो र अक्षयको फिल्मलाई एक हजार शो कम गरिएको छ । शुक्रबारको अकुपेन्सीको कुरा गर्दा आमिरको फिल्ममा बिहानीको शो अकुपेन्सी ८ दशमलब २७ प्रतिशत र अक्षयको फिल्मको अकुपेन्सी ७ दशमलब ६३ प्रतिशत थियो ।
क्याटेगोरी : कला शैली, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस