श्रीरामको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक
खोटाङ, २८ साउन
खोटाङका साहित्यकार श्रीराम राईले दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमाबी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमाबी खोटाङकै नवोदीयमान गायिका हुन् ।
१० वर्षे शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् । विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कहलिएका पात्र हुन् । उनका बाल कथा सङ्ग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् । नयाँ लघुकथा प्रकाशोन्मुख रहेको राईले बताए ।
संयुक्त लघुकथा सङ्ग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँच वटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस