• जीवनशैली | Jiwanshaili
  • पौडी खेल्ने क्रममा डुबेर मृत्यु


    दाङ, २९ साउन
    दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

    अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस