विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु
फाइल तस्बिर
काठमाडौं, २९ साउन
रुपन्देही, दाङ र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरी छन् । उनको शनिबार मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका–६ बेल्दमारस्थित अर्जुन खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगरपालिका–२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका–१ पुर्नबास बस्ने ५४ वर्षीय बिनोद कुमार काफ्लेको शनिबार मृत्यु भएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस