विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला
काठमाडौं, २९ साउन
देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजबिराज नगरपालिका–४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–४ छापडाँडा बस्ने ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीकोटस्थित खुङ्ग्री महिला सामुदायिक वनमा खुङ्ग्रीकोट बस्ने ७९ वर्षीया लक्ष्मी कुमारी सिंह शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
गत बुधबारदेखि घरबाट निस्किएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।
रामेछापको मन्थली नगरपालिका–१४ स्थित खोल्सामा सोही ठाउँ बस्ने ५४ वर्षीय पञ्चलाल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गत सोमबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ धनगढीस्थित सडक छेउमा सोही उपमहानगरपालिका–१३ राजपुर बस्ने ३५ वर्षीय छिता राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित कुलोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–४ धनुष सागरको पूर्वी किनारमा हाल पहिचान नखुलेका पुरुष गएराति मृत अवस्थामा मृत फेला परेका छन् ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस