बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेकाे छ । महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
पीडित बालिकाकी आमाले पनि महत्तविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन् । आरोपित महतले पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्नेगरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।
आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटकाे कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् । उनकी आमाले बजारमा व्यापार गर्छिन । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।
पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिन गर्थे ।
छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन । उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएकाे थियाे । घटना मिलाउन आराेपी महतले बालिकाकाे बैंक खाता सात लाख रुपैयाँ राखिदिएकाे स्राेतकाे भनाइ छ । बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस