स्वतन्त्रता दिवसकै दिन रुपन्देहीमा चल्याे गाेली, युवा घाईते
रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गाेली हानी फरार भएकाे छ ।
आइतबार राति करिब ११ बजे ओमसतिया-४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प १ बेलाहिया बस्ने ३१ वर्षीय बिकास गुरुङलाई उक्त समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताए ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेकाे स्थानीयले बताएका छन्प । गुरुङको पेटकाे छेउमा गोली लागेका र युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेकाे छ । घटना लुटपाट वा के हाे भन्ने खुलेकाे छैन । गोली कसले चलायाे बारे अनुसन्धान भइरहेकाेे छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस