गैंडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, ३० साउन
नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा आज स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक सहित दुई जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा स्थानीय ७० वर्षिय मोहन बहादुर क्षेत्री रहेका छन् ।
स्कुटरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक ५० वर्षिय कलाधर सापकोटा र पछाडि सवार ५० वर्षिया नन्दकली सापकोटा घाइते भएका छन् । घाइते दुबैजनाको सोही अस्पतालमै उपचार भइरहेको छ ।
बागमती प्रदेश ०३ ००३ प ७०६३ नम्बरको स्कुटरले आज बिहान साढे ११ बजे पैदल हिडिरहेका क्षेत्रीलाई ठक्कर दिएर स्कुटर समेत पल्टिएको थियो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस