• जीवनशैली | Jiwanshaili
  • ढोकाले किच्दा ५ बर्षिया बालिकाको ज्यान गयाे


    ध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ ।

     

    स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।

     

    ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस