एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ
सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस