बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु
बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो ।
बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस