दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते
धनगढी, १ भदौ
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
गोकुलेश्वर बाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रतापसिंह भण्डारीले बताए ।
मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेपनि उनिहरुको पहिचान नभएको उनले बताए । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भएपनि एकिन विवरण भने नआएको उनले बताए ।
दुर्घटनामा परी जीप चालक र सह–चालक सहति ८ जना घाइते भएका र उनिहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस