• जीवनशैली | Jiwanshaili
  • भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत


    भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ ।

    थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए ।

    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस