रौतहटमा बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु
रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते भएकी छिन् ।
मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती नगरपालिका–२ सोल्टीका ३८ वर्षीय रवि मगर, रिक्सामा सवार सोही ठाउँका ३८ वर्षीय प्रेम ठाडा मगर र ४५ वर्षीय ढक बहादुर लुंगेली मगर रहेका छन् ।
तीनै जनाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
घाइते भएकी ढक बहादुरकी श्रीमती सविनालाई भने थप उपचारको लागि वीरगन्ज स्थित न्यूरो अस्पताल पठाइएको छ ।
काठमाण्डौबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख २०१ नम्बरको बसले प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई आज बिहान ५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस